ताजा खबर:- हाइड्रोजन पेरोक्साइडको प्रयोग अस्पताल र किलिनिक्समा घाउ र चोटलाई सफा गर्नको लागि राखिएको हुन्छ । यो कुनै पनि केमिस्टको पसलमा सजिलै प्राप्त हुन्छ । चिकित्सकका अनुसार, हाइड्रोजन पेरोक्साइडको यति धेरै फाइदाजनक प्रयोग छन् कि हरेक घरमा अवश्य राख्नुपर्दछ ।

के हो हाइड्रोजन पेरोक्साइड?

यो एक केमिकल कम्पाउण्ड हो । जहाँ पानी(H2O)मा हाइड्रोजनको 2 र अक्सिजनको एक एटम हुन्छ, त्यहिँ हाइड्रोजन पराक्साइड(H2O2)मा हाइड्रोजन र अक्सिजन दुवैको 2-2 एटम्स हुन्छ । यसको कारण यसमा स्ट्रंग अक्सीडेटिभ गुण आउँछ, जसले इन्फेक्शन कम गर्न र एन्टीब्याक्टेरियलको रूपमा उपयोगी हुन्छ ।

यी ११ अवस्थामा निकै उपयोगी सावित

१-घाउ सफा गर्नको लागि

यो एन्टीसेप्टिक हुन्छ र इन्फेक्शनबाट बचाउँछ । कपासमा हाइड्रोजन पेरोक्साइड भिजाएर चोट र घाउलाई सफा गर्नुहोस् ।

२-नुहाउन

एक बाल्टी पानीमा २-३ चम्मच हाइड्रोजन पेरोक्साइड हालेर नुहाउँदा त्वचाबाट टोक्सिन्स र केमिकल निकाल्छ ।

३-खुट्टामा फंगल इन्फेक्शन

सुत्नु अघि पानीमा समान मात्रामा हाइड्रोजन पेरोक्साइड मिलाएर खुट्टालाई ५ मिनेट डुबाएर राख्नुहोस् । यसपछि राम्रो सँग सुकाउनुहोस् ।

१२-हेयर कलर

कपाललाई हाइलाइट गर्न र यसको कलर लाइट गर्नको लागि हेयर कलरमा हाइड्रोजन पराक्साइड मिलाउनुहोस् ।

५-कानको फोहोर निकाल्न

कानमा हाइड्रोजन पेरोक्साइड लिक्विडको तीन-चार थोपा हाल्दा फोहोर फुल्लिएर बाहिर निस्कन्छ ।

६-माउथवास

एक ढक्कन हाइड्रोजन पेरोक्साइड लिक्विडलाई मुखमा ५ मिनेटसम्म राखेर कुल्ला गर्नाले मुखको दुर्गन्ध हट्छ ।

७-टूथपेस्ट

एक चम्मच हाइड्रोजन पेरोक्साइडमा थोरै बेकिंग सोडा मिलाएर पेस्ट बनाउनुहोस् । यसको नियमित प्रयोगले दाँत चम्किन थाल्छ ।

८-टूथब्रशको सफाई

बाथरूममा राखिएको टूथब्रशमा ब्याक्टेरिया जम्मा हुने गर्छ । ब्रश गर्नु अघि हाइड्रोजन पेरोक्साइडको घोलमा थोरै डुबाएर राख्नुहोस् ।

९-दाँतको चमक

दाँतमा हाइड्रोजन पेरोक्साइड लिक्विड प्रयोग गर्नाले दाँतमा चमक आउँछ ।

१०-नंगको चमक

कपासमा हाइड्रोजन पेरोक्साइड लिक्विडले नंगलाई सफा गर्नाले नंग चम्किन्छ र फंगल इन्फेक्शनबाट बचाउँछ ।

११-सागसब्जीको सफाई

पानीमा एक चम्मच हाइड्रोजन पराक्साइड मिलाएर फलफूल र सागसब्जी धुनुहोस् । यसमा रहेको ब्याक्टेरिया, आर्टिफिशियल रंग निस्किन्छ ।

तपाईको प्रतिक्रिया