ताजा खबर:- पाकेको केराको तुलनामा काँचो केराको सेवन कम मात्रामा हुने गर्छ किनभने यसको फाइदाको बारेमा कमै मानिसलाई थाहा छ । काँचो केरामा पोटाशियमको भरिपूर्ण मात्रा हुन्छ, जसले इम्यून सिस्टमलाई बलियो बनाउनुको साथै यसले शरीरलाई दिनभरि सक्रिय बनाईराख्छ । यसमा रहेको भिटामिन बि6, भिटामिन सी कोशिकालाई पोषण दिने काम गर्छ । नियमित रूपले दिनहुँ एक काँचो केरा खानु निकै फाइदायुक्त मानिन्छ ।

काँचो केरा खानुको फाइदाहरू:-

वजन कम गर्न सहयोगी- वजन कम गर्न कोशिश गर्नेहरूलाई दिनहुँ एक काँचो केरा खाने सल्लाह दिने गरिन्छ । यसमा भरिपूर्ण मात्रामा फाइबर पाइन्छ । जसले अनावश्यक फ्याट सेल्स र फोहोर सफा गर्न सहयोगी हुन्छ ।

कब्जियतको समस्याबाट मुक्ति- काँचो केरामा फाइबर र हेल्दी स्टार्च हुन्छ, जसले आन्द्रामा कुनै पनि तरिकाले फोहोरलाई जम्न दिदैन् । कब्जियतको समस्या हुँदा काँचो केरा खानु तपाईको लागि ज्यादै फाइदायुक्त हुन्छ ।

भोक नियन्त्रण- काँचो केरामा रहेको फाइबर्स र अरू विभिन्न पोषक तत्व भोकलाई नियन्त्रण गर्ने काम गर्छ । काँचो केराको सेवन पटक-पटक भोक लाग्दैन ।

मधुमेहलाई नियन्त्रण- यदी मधुमेह शुरूवाती चरणमा छ भने काँचो केरा सेवन गर्न शुरू गर्नुहोस् । यो मधुमेह नियन्त्रण गर्ने अचूक औषधी हुन्छ ।

पाचन प्रक्रियामा सहयोगी- काँचो केराको नियमित सेवनले पाचन प्रक्रिया राम्रो बन्दछ ।

तपाईको प्रतिक्रिया