ताजा खबर :- कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।  चिकित्सकका अनुसार, यदी कब्जियतको कारण बिहान राम्रो सँग पेट सफा नहुँदा रातिमा केहि सामान्य घरेलू उपचार अपनाई हरेक बिहान ताजा महसूस गर्नुहोस् ।  कब्जियतको समस्या बाट मुक्ति पाउन राती के गर्न नहुने र के गर्न हुने यस्ता छन्, उपायहरू जानी राखौँ ।

के गर्न नहुने:-

-खानामा धेरै मैदा र जंक वा प्रोसेस्ड फूड खानु हुँदैन ।  यसमा फाइबर हुँदैन जसले कब्जियतको समस्या हुन सक्छ ।

-धेरै राती सम्म धुम्रपान र मध्यपानको सेवनले शरीरमा पानीको कमी भई कब्जियत हुन सक्छ ।

-राती ढिलो चिया वा कफीको सेवनले पाचन प्रक्रिया खराब हुन् सक्छ ।  जसले गर्दा कब्जियतको समस्या देखा पर्छ ।

-आइरन र क्याल्शियम सप्लीमेन्ट्स राती लिनु हुँदैन ।  यसको कारणले कब्जियतको समस्या हुन सक्छ ।

— धेरै मात्रामा डेरी प्रोडक्ट लिनु हुँदैन ।  यसको सेवनले धेरै मानिसलाई कब्जियत र पेटमा ग्याँस बन्ने समस्या हुने गर्छ ।

 के गर्न हुने:-

-माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् ।  सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।

-सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।

-थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।

-दुधमा २/३ नेभरा उमाल्नुहोस् ।  राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।

-सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस् ।

-खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

तपाईको प्रतिक्रिया