काठमाडौँ । यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि भारतकी मानुषी छिल्लरले आफ्नो पोल्टामा पार्न सफल भएकी छिन् । विश्वका ११७ देशका सुन्दरीलाई हराउँदै मानुषीले ६७ औं मिस वल्र्डको उपाधि जित्न सफल भएकी हुन् । चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै मानुषी छिल्लरका आँखाबाट आँशु झरे ।

त्यस्तै फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् भने सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितेकी छिन् । नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । मेडिकल विधाकी २० वर्षे मनुषीले १७ बर्षपछि भारतलाई ‘मिस वल्र्ड’को उपाधि जिताउन सफल भइन् ।

तपाईको प्रतिक्रिया