खजुरा । बाँके खजुरा गाउँपालिकाका वडा नम्बर ३ र ४ का युवाहरु बचतका लागि सङठित भएका छन । युवाहरुको भेलाले आदर्श युवा बचत समुह गठन समेत गरेको छ । समुहको अध्यक्षमा खजुरा गाउँपालिका वडा नम्बर ३ का देव बहादुर कुवरलाई सर्वसम्बतले चयन गरीएको छ । समुहको उपाध्यक्षमा वडा नम्बर ३ का बेन्जामिन थापा, सचिवमा सुवास निरौला, सह सचिवमा साकार खड्का, कोषाध्यक्षमा सुर्वण गिरी चयन भएका छन भने सदस्यहरुमा शिशिर क्षेत्रि, खेम थापा, मनोज केसी र रोशन थापा रहेका छन । समुहले शनिबार आफ्नो पहिलो बैठकमा विभिन्न उप समितिहरु गठन समेत गरेको छ । समुहले ऋण उप समितिमा खेम बहादुर थापाको सम्योजकत्वमा सदस्य यमनाथ दाहाल र उमेश पौडेल जिम्मेवारी दिएको छ । समुहको गतिविधिलाई आम जनतामाझ पुगाउन संचार विभागको सम्योजकमा पत्रकार खगेन्द्र दाहाल र सदस्य रोशन थापालाई जिम्मेवारी सुम्पेको सचिव सुवास निरौलाले जानकारी दिए । ३५ सदस्य रहेको उक्त युवाको समुहले समाजिक काम सगै रक्तदान, सरसफाई र चेतनामुलक काम गरी मासिक बचत समेत गर्ने निर्णय सगै प्रतिव्यक्ती एक हजार बचतको सुरुवात समेत आजबाट गरीसकेको समुहका सचिव निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया