नेपालगन्ज । किसानले उत्पादन गरेको दुधको बजार ग्यारेन्टि गर्न बाँके र बर्दियाका किसानहरुले माग गरेका छन् । राष्ट्रिय डेरी अभियान कार्यक्रम अन्तरर्गत सार्वजनिक निजि साझेदारीमा शनिबार डेरी उद्यमी, दुग्द्य उत्पादक सहकारी, समुह र किसानसगँ नेपालगन्जमा गरिएको अन्तरक्रियामा सो माग गरिएको हो । सिर्जना दुग्ध डेरी कोहलपुरका पुर्ण प्रसाद अधिकारीले सुख्खा मौसममा दुध विक्रि हुने समस्या नभएपनि चिसो मौसममा बढि उत्पादन हुने तर कम विक्रि हुने बताए । अधिकारीले सुख्खा मौसमका बेला दुध नदिने सहकारीको दुध चिसो मौसममा नलिने भनेपछि दुध विक्रिको समस्या बढेको बताए । बाँकेमा मात्र दैनिक १० हजार लिटर बढि दुध उत्पादन हुदै आएको छ । उता उत्पादित दुग्ध उत्पादन विक्रि नभएर थप खरिद छाडेको मध्य पश्चिममै धेरै दुधको कारोकार गर्ने भगवती दुग्ध उत्पादक सहकारी सस्था मैनापोखर बर्दियाका अध्यक्ष इन्द्र प्रसाद लुईटेलले बताए । सहकारीमा सङकलीत हुने तिन हजार लिटर प्रतिदिन दुध विक्रिका लागी लुईटेललाई समस्या भएपछि सम्बन्धीत निकाय देखि मन्त्रालय सम्म सयौ पटक फोन लगाए तर लुइटेल समस्या समाधान भएको छैन । सरकारले दुध उत्पादन गर्न लगाएपनि त्यसको उचित बजार व्यवस्थापन नगरीदिदा बाँके र बर्दियाका किसानले उत्पादन गरेको दुध बाटोमा पोख्नु पर्ने सिर्जना भएको बताए ।

दुध सङकलन गरेर भण्डारण गर्ने ठाउँ नहुदाँ सहकारीले भने जति दुध किसानबाट खरीद गर्न सकिरहेका छैनन । दुधलाई प्रशोधन गरेर बजार सम्म लैजाने साधनको समेत अभाव बाँके र बर्दिया जिल्लामा भैदिदा समस्या बढ्दै गएको छ । क्षेत्रिय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक किसनलाल भट्टले दुधको बजारीकरण गर्न दुधको विज्ञापन गर्न आवश्यक रहेको बताउदै उत्पादकले बजारको निर्धारण आफै गर्न सक्नुपर्ने बताए । पशु सेवा कार्यलय कार्यालय बाँकेका प्रमुख डा. बेद बहादुर केसीले दुग्ध किसान व्यवसायिहरुले दैनिक यस्तो समस्या झेलीरहेको बताए । कार्यक्रम पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय हरीहरभवनको आयोजना गरीएको थियो । कार्यक्रममा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक बन्सि शर्मा, पशु सेवा कार्यालय बर्दियाका प्रमुख डा. टेकनाथ आचार्य, सुदुर पश्चिम क्षेत्रिय पशुसेवा तालिम केन्द्रका प्रमुख उत्तम थापा, क्षेत्रिय पशु तालिम केन्द्र नेपालगन्जका वरिष्ट तालिक अधिकृत डा. खगेन्द्र सापकोटा, चरण तथा घाँसेबाली विउ वृद्धि फार्म गौघाटका फार्म प्रवन्धक रिसिराज कोइराला, कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक ललितजगं कुवर, डेरी , दुग्ध उत्पादक सहकारी किसान लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया