काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसर कुकुर वम प्रहार भएको छ । शनिबार दिउसो गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमणमा पौडेल चढेको बा १३ च ३७४६ नम्बरको गाडीमा बमका छर्राले क्षत्री पुगेको छ भने पौडेललाई कुनै असर नपरेको बताइन्छ । जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार पौडेल र उनीसंग रहेका अन्य कार्यकर्ताहरु भने सुरक्षित रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया