काठमाडौँ । अनाथ बालबालिकाहरुको सहयोगार्थ युएईको दुबइ स्थित रोयल अस्कोट होटलमा आगामि डिसेम्वर २२ तारिख शुक्रवारको दिन “शुभयात्रा साँझ- २०१७” हुने भएको छ । कार्यक्रम बारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शुभयात्रा साँझ – २०१७ का आयोजक मध्येका एक समिम खानले उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु राम कृष्ण ढकाल, इन्दिरा जोशी, सन्दिप क्षेत्री, हेमन्त राना र नम्रता सापकोटाको प्रस्तुती रहने बताउनु भयो । उक्त कार्यक्रमवाट प्राप्त मुनाफा बाट धादिङ र चितवनका चेपाङ बालबालिका तथा हेटौडाका मुुुुस्लिम वालवालिकाहरुको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने लक्ष रहेको आयोजकले जानकारी दिएका छन ।

उक्त कार्यक्रमलाइ सफल पार्न गैैैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई, नेपाली जनसम्पर्क समिती, चितवन समाज, धादिङ सेवा समाज र रुपन्देही सेवा समाजको विशेष सहयोग रहेको छ भने युएईमा रहेको शुभ-यात्रा ट्राभल मुख्य प्रायोजक रहेको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया