ताजा खबर:- नियमित सेभिङ्ग गर्दा प्रायजसो त्वचामा इरिटेशन, पोल्ने, काटिने, छाला निस्कने र सुख्खापनको समस्याले घेर्छ । बजारमा उपलब्ध अधिकांश आफ्टरशेभ लोशन्समा अल्कोहल हुन्छ, जसलाई बढी प्रयोग गर्दा त्वचा सुख्खा एवम् रुखो हुनसक्छ र अन्य कयौँ नकारात्मक असर देखापर्छ । यसकारण सेभिङ्गपछि यदि केही प्राकृतिक चीजलाई अनुहारमा लगाउँदा त्वचामा नरमपन र चमक आउँछ र आफ्टरशेभ लोशनको नकारात्मक असरबाट पनि बँच्न सकिन्छ । यहाँ सेभिङ्ग पश्चात् कुन-कुन चीजलाई प्रयोग गर्न सकिन्छ, जसको उल्लेख यसप्रकार गरिएको छ ।

१-चिसो दूध कपासको सहायताले चिसो दूधलाई अनुहारमा लगाउनुहोस् र केही समय पछि धुनुहोस् । यसमा पाईने ल्याक्टिक एसिड प्राकृतिक मोइश्चराइजरको काम गर्छ । जसले त्वचा पोल्ने समस्याबाट आराम दिई त्वचामा नरमपन बनाई राख्छ ।

२-काँचो आलू काँचो आलूको रसलाई त्वचामा लगाउनुहोस् या आलूको स्लाइसमा प्वाल पारेर अनुहारमा मालिश गर्नुहोस् । आलूको रसमा फोस्फोरस, पोटाशियम जस्ता मिनरल्स हुन्छ । यसले त्वचामा हुने रेशेज र पोल्ने समस्यालाई कम गर्न मद्दत गर्छ ।

३-कालो चिया चिसो कालो चियालाई त्वचामा कपासको सहायताले लगाउनुहोस् या टी ब्यागलाई भिजाएर अनुहारमा मसाज गर्नुहोस् । यसमा पाईने टैनिक एसिडले त्वचा पोल्ने र रातो हुने समस्याबाट बचाउँछ । त्वचा चिलाउने र इरिटेशन हुने समस्यालाई कम गर्छ ।

४-बेसार पानी एक कप पानीमा आधा चम्मच बेसार घोलेर कपासको सहायताले अनुहारमा लगाउनुहोस् । यो एक राम्रो एन्टीसेप्टिक हो । सेभिङ्ग पश्चात् त्वचा काटिने, छाला निस्कने र पोल्ने समस्याबाट आराम मिल्छ र त्वचामा चमक आउँछ ।

५-मह अनुहारमा हल्का हातले महले मसाज गर्नुहोस् । थोरै समस्या पछि मनतातो पानीले धुनुहोस् । महले एक एन्टीसेप्टिक र एन्टीबायोटिकको रूपमा काम गर्छ । यसले त्वचामा नरमपन र चमक बढाउँछ ।

६-केरा केरालाई मिक्स गरेर अनुहारको मसाज गर्नुहोस् । १० मिनेट पछि मनतातो पानीले धुनुहोस् । केरामा पाईने मिनरल्सले त्वचालाई नरम र सुन्दर बनाउँछ । शेभिंग पछि रूखोपन र सुख्खापनको समस्यालाई कम गर्छ ।

७-मेवा मेवालाई मिक्स गरेर हल्का हातले अनुहारमा लगाउनुहोस् । १० मिनेट पछि पानीले धुनुहोस् । यसमा पाईने पापेन नामक एन्जाइमले रेशेज र पोल्ने समस्यालाई हटाउन मद्दत गर्छ । मृत कोशिकालाई हटाउँछ र त्वचा रंगलाई निखार्छ ।

८-एप्पल साइडर भिनेगर एक कटौरा पानीमा एक चम्मच एप्पल साइडर भिनेगर हालेर अनुहारमा लगाउनुहोस् । यसको एन्टीइन्फ्लेमेटरी गुण रेजर बर्न र चिलाउने समस्याबाट आराम दिलाउँछ । एसिटिक एसिड इन्फेक्शनबाट बचाउँछ ।

९-बेकिंग सोडा एक कप पानीमा एक चम्मच बेकिंग सोडा घोलेर कपासले त्वचामा लगाउनुहोस् । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ यसले त्वचा पोल्ने र रातो हुने समस्यालाई हटाई त्वचा स्वस्थ र सफा बनाउँछ ।

१०-काक्रा फ्रिजमा राखिएको काक्राको स्लाइसले अनुहारमा मालिश गर्नुहोस र काक्राको पेस्ट लगाउनुहोस् । यसमा पाईने भिटामिन C र K ले त्वचा पोल्ने र दुख्ने समस्यालाई कम गर्छ । त्वचा हाइड्रेट हुनुको साथै त्वचामा नरमपन र निखार आउँछ ।

तपाईको प्रतिक्रिया