काठमाडौँ, – नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ ।

गोलभेंडाको इतिहास निकै पुरानो छ । १५ औं शताब्दीमा अमेरिकाको रोलको टापुमा सबैभन्दा पहिले गोलभेंडा देखिएको विश्वास गरिन्छ । यसलाई सर वाल्टर रेलेले पत्ता लगाएका थिए । सुरुमा यसलाई विषालु फल सम्झेर भान्सामा प्रयोग गरिँदैनथ्यो । युरोपमा गोलभेंडा बगैंचा सजाउनका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यतिखेर मानिसहरू यसलाई ‘लभ एप्पल’ पनि भन्थे ।

भारतमा गोलभेंडा भित्र्याउने श्रेय मेक्सिकोबासीलाई जान्छ । उनीहरूले लभ एप्पलका रूपमा यसलाई ल्याएका थिए, तर भारतीयहरूले बेलायती भन्टा नाम दिए । केही मानिसहरू यसको गुण–दोषका बारेमा थाहा नपाएका कारण ‘अन्जान फल’ पनि भन्थे । यसका बारेमा थाहा पाएपछि गोलभेंडा भान्साको शान बन्न पुग्यो ।

गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ ।

यो स्वादको राजा हो, जसले भोक बढाउनमा सहयोग गर्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामबाण मानिन्छ । गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै नेत्र रोगको समस्या पनि हुँदैन ।

त्यसो त गोलभेंडा खानाले गम्भीर रोग पनि लाग्छ, जसमा क्यान्सर, पत्थरी, जोर्नी दुख्ने रोग, टाउको दुखाई, कमर दुखाइ पर्छ । यसकारण सन्तुलित मात्रामा नियमित गोलभेंडाको सेवन स्वास्थ्यबद्र्धक हुन्छ भने बढी सेवन कष्टकारक पनि बन्न सक्छ ।-स्वास्थ्य खबरपत्रिकाबाट

 

तपाईको प्रतिक्रिया