ताजा खबर:- शरीरमा जम्मा भएको अतिरिक्त बोसोको कारणले आकर्षक व्यक्तित्वलाई खराब बनाउनुको साथै कयौँ स्वास्थ्य समस्यालाई पनि उत्पन्न गर्न सक्छ । एक पटक शरीरमा बोसो जम्मा भएमा यसलाई सजिलै हटाउन सम्भव हुँदैन । आयुर्वेदिक एक्सपर्टसका अनुसार, नियमित बोसो कम गर्ने एक्सरसाइजको साथै यदि केही आयुर्वेदिक विधिको उपयोग गर्न सकेमा शरीरको बोसो तिव्र रूपमा घट्छ र केही दिनमै फरक देखिन थाल्छ । तीव्र रूपमा वजन घटाउन यस्तै एक आयुर्वेदिक उपाय रहेको छ, जसलाई सजिलै घरमा तयार गर्न सकिन्छ । यसको अन्य स्वास्थ्य लाभ पनि छन् ।

आवश्यक सामग्री बेसार १०० ग्राम, दालचीनी १०० ग्राम , मेथिदाना २०० ग्राम, कालो जिरा १०० ग्राम, अदुवा ५० ग्राम, कलौंजी १०० ग्राम, कालो मरिच २० ग्राम ।

कसरी तयार गर्ने यी सबै चीजलाई मिक्स गरी पिस्नुहोस् र पाउडर बनाउनुहोस् । यस पाउडरलाई एक सफा शिशाको भाँडामा भरेर राख्नुहोस् ।

कसरी सेवन गर्ने मनतातो पानीमा एक चम्मच एप्पल साइडर भिनेगर मिलाउनुहोस् । यसको साथै एक चम्मच यो पाउडर बिहान-साँझ खाना खानु अघि सेवन गर्नुहोस् ।

यो पाउडरको फाइदाहरू- १-मोटोपन घटाउँछ यस पाउडरलाई नियमित रूपमा सेवन गर्दा शरीरमा जमेको अतिरिक्त बोसो बिस्तारै-बिस्तारै घुलेर निस्किन्छ । जसले मोटोपन घटाउन मद्दत मिल्छ ।

२-डायबिटीजको खतराबाट जोगाउँछ यो उपायले शरीरमा शुगर लेभल सन्तुलन राख्छ र बढी शुगरको नियन्त्रण गरी डायबिटीजको खतराबाट जोगाउँछ ।

३-त्वचाको चमक बढ्छ यसले शरीरमा रहेको विषाक्त पदार्थ निकाल्छ, जसको कारण त्वचा स्वस्थ र सफा रहन्छ । साधारण रोगहरूबाट बँच्न सकिन्छ ।

४-एन्टी एजिंग यस उपायमा पाईने एन्टीअक्सीडेन्ट्स तत्वले चाँडो बुढेसकाल तर्फ धकेल्ने प्रक्रियालाई कम गर्छ । लामो समय जवान देखिन मद्दत गर्छ ।

५-स्वस्थ कलेजो र मृगौला यसले कलेजो र मृगौलामा दवाब पुर्याउने विषाक्त पदार्थलाई शरीरबाट निकाल्छ र यी अंग स्वस्थ रहन्छ ।

६-पाचन प्रणालीमा सुधार यस उपायको प्रयोगले पाचन प्रणालीमा सुधार आउँछ । ग्यास्ट्रिक, कब्जियत, एसिडिटी, खट्टो डकार जस्ता समस्यालाई कम गर्छ ।

तपाईको प्रतिक्रिया