काठमाडौं। सोसल नेटवर्क साइट सगुन डटकमको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढ्दो छ । फेसबुक, ट्वीटर, गुगल जस्तै सगुन पनि सोसल नेटवर्क साइट हो । यसका संस्थापक हुन्– संखुवासभाका गोबिन्द गिरी । अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत पेन्टागनमा १२ बर्ष सिस्टम इन्जिनियर रहेका गिरी र उनको टिमले तयार पारेको सगुन डटकममा प्रयोगकर्ताहरुलाई लगानी गर्न अवसर दिइएको छ । त्यसका लागि सोसल स्मार्ट कार्ड तयार हुँदैछ। यसैबिच सगुनको तिब्र गतिको प्रगती उसको दिल्लीस्थित कार्यालयमा हुने कामबाट नै छर्लग हुन्छ ।

दिल्लीस्थित सगुन कार्यालयमा अहिले आइटी इन्जिनियरहरुले भरिभराउ छ। ४० जना भन्दा बढी आइटी इन्जिनियर यहाँ कार्यरत छन्। नेपाल, अमेरिका, बेलायत हुँदै भारतको दिल्लीमा कार्यालय खोलेको सगुनका धेरै जिज्ञासा थुप्रिने ठाउँ दिल्ली कार्यालय नै हो। ग्राहकका चासो र सरोकारलाई सम्बन्धित विभागसँग समन्वय गरेर तत्काल सम्बोधन गर्न यहाँको कस्टमर केयर निकै सक्रिय छ। यसैबिच सगुनले गेम चेन्जर प्रोडक्ट छिट्टै बजारमा ल्याउने तयारी गरिरहेको छ । सगुनको मोबाइल एप, सोसल स्मार्ट कार्ड, यसका मौलिक फिचर्स र ब्याट्री रिचार्ज एपका विषयमा धेरैले चासो दिन थालेका छन् । भारतका थुप्रै स्टार्टअप कम्पनीको जागिर छाडेर आउनेहरु यहाँ खटिएका छन्।

सगुन आफ्नो मोवाईल एप र सोसल स्मार्ट कार्ड लन्च गर्ने अन्तिम तयारीमा छ। ब्याट्री रिचार्ज एपमा भारतीय सरकारको स्वामित्वमा रहेको इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) सँगको सहकार्यमा अनुसन्धान र परीक्षणको काम अगाडि बढ्दैछ।  पछिल्ला दिनमा कस्टमर केयरमा विश्वभरबाट नेपालीहरुले सोध्ने एउटा जिज्ञासा छ– ‘शेयर लगानी कसरी गर्ने?’ सगुनको शेयरमा लगानी गर्न निकै चासो र आकर्षण बढेको कस्टमर केयरमा कार्यरत हिरा सारू सुनाउँछन्। ‘शेयर लगानी भनेकै जोखिम र संभावना दुबै पाटो भएको सिक्का हो,’ उनी भन्छन् ‘सगुनमा काम गरेको र यसको स्पष्ट योजना, कार्यप्रगति र भैरहेको लागानी हेर्दा शंकाको ठाउँ छैन।’ सगुनमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने सगुन डटकम / इन्भेष्टमा जान सक्नुहुनेछ।

‘सगुनमा काम गरेको र यसको स्पष्ट योजना, कार्य प्रगति भैरहेको लागानी हेर्दा शंकाको ठाउँ नभएको सगुनको भारतस्थित कम्पनीमा कस्टमर केयरमा कार्यरत पाल्पाका हिरा सारु बताउँछन् । सगुनको जागिरमा अन्तरवार्ताका लागि हिरालाइ फोन अाउँदाको प्रशंग रोचक छ, यो भिडियो हेर्नुहोस्।

तपाईको प्रतिक्रिया