काठमाडौं, कात्तिक ३० कल्पना शाक्य ब्युटिसियन, साथी ब्युटिपार्लर कल्पना शाक्य ब्युटिसियन, साथी ब्युटिपार्लर ड्राई स्किनमा एक कप ब्राउन सुगर, एक चम्चा दूधमा मिलाउने । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । स्याउको पेस्ट एक चम्चा, दूधको तर एक चम्चा, जौको पीठो एक सानो चम्चामा मह मिलाएर अनुहारमा लगाउनुहोस् । त्यसको १५ मिनेटपछि मनतातो पानीले धुनुहोस् । आयली स्किनमा पेस्ट बनाएको स्याउमा ठूलो चम्चाको एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् । एउटा ठूलो रातो टमाटरको पेस्ट तयार गर्नुहोस् । त्यसमा एक चम्चा कागतीको रस र एक चम्चा जौको पीठो मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । नर्मल स्किनमा कागतीको रस केही थोपा, जैतुनको तेल र अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् र पाँच मिनेटपछि यसलाई धुनुहोस् । दुधको क्रिम, कागतीको रस, बदामको तेल मिलाएर अनुहार, घाँटी र हातमा प्रत्येक रात लगाउनुहोस् । रोजवाटर, कागतीको रस र ग्लिसिरिन मिसाएर एउटा बोतलमा राख्नुहोस् र त्यसलाई हातखुट्टामा लगाउनुहोस् । बन्दकोबीको रसमा थोरै मह राखेर अनुहार र घाँटीमा लगाउनुहोस् । यसले गर्मीमा सुक्खापन र चाउरीपन कम हुँदै जान्छ । एलोभेराको रस अनुहारमा लगाउनाले छाला मुलायम रहन्छ । जैतुनको तेल र नरिवलको पानी बराबर मात्रा मिलाएर पूरा शरीरमा लगाउनुहोस् ।

तपाईको प्रतिक्रिया