डोल्पा -डोल्पाको जुफाल विमानस्थलमा सिता एअरको परिक्षण उडान सफल भएको छ । बुधबार विहान नेपालगञ्ज देखि डोल्पाकालागि भएकोे पहिलो उडान सफल भएको सिता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिब शर्माले जानकारी दिनुभयो ।उडान सम्बन्धि सम्पुर्ण व्यबस्थापन सम्पन्न भएपछि एकसाता भित्रै नियमित उडान सुरु गरिने शर्माले बताउनुभयो ।

डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान सुरु भईसके पछि यात्रुको चाप आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उहाँले जानकारी दिनुभयो ।कर्णालीमा भरपर्दो हवाई सुविधा नभएको अवस्थामा सिता एअरले नियमित उडान सुरु गरेपछि डोल्पाली जनतालाई ठुलो राहतहुने डोल्पा दैनिकका प्रधान सम्पादक पवन डाँगीले बताउनुभयो । हालसम्म तारा,गोमा,नेपाल एअरलाईन्स र मकाल एअरलाईन्सले उडान भर्ने गरेतापनि नियमित उडान नहुँदा सयौँ यात्रुहरुले हवाई सास्ती भोग्नु परिरहेको अवस्था सिता एअरको नियमित उडानपछि भने हवाई यात्रामा सहजहुने सर्वसाधारणहरु बताएका छन् ।

चौध जना सिट क्षमता भएको सिता एअरले डोल्पा उडान सुरु गरेपछि कर्णालीका पाँच वटै जिल्लामा सेवा विस्तार भएको सिता एअरले जनाएको छ ।रामचन्द्र न्यौपाने

तपाईको प्रतिक्रिया