नेपालगन्ज २९ कार्तिक । बाँकेका किसानले लागतको आधारमा नभई उत्पादनको आधारमा कृषि बिमा लागु गरीनुपर्नेमा जोड दिएका छन । उत्पादन गरेको कृषि बस्तुमा सरकारले विमा नगर्दा विमा गराउन किसानको अर्कषण हुन छाडेको एक कार्यक्रममा सहभागी भएका किसानहरुले बताएका छन । राष्ट्रिय कृषक समुह महासघं नेपालगका पदाधिकारीहरुलाई फियान नेपाल क्षेत्रिय कार्यलयले जन वकालत तथा पैरवी तालीम दिन आयोजना गरीएको दुई दिने तालिमको समापनमा बोल्दै उपस्थित किसानहरुले विमाले लागत मात्रको क्षतिपुर्ति दिने हुदाँ अब उत्पादन सहितको क्षतिपुर्ति दिने व्यवस्था मिलाउन सके अधिकाश किसानले कृषि विमा गर्ने बताएका थिए ।

कृषि विमामा लागतको ७५ प्रतिशत सरकारले र किसानले २५ प्रतिशत बेहोर्दे आएको भएपनि उक्त लागतमा मात्र भएकाले किसानले चासो कम देखाएको बैजानाथ गाउँपालिकाका नारायण शर्माले बताए । किसान महासघं बाँकेका सचिव सर्वजित विष्टले कृषिमा विमाको सोच फराकिलो पार्नुपर्ने बताए । किसान विष्टले अहिले कृषि क्षेत्रको बजेट स्थानिय स्तरमै गएको भनियपनि कतिपय गाउँपालिकाले कृषिमा आवश्यक शिर्षकमै बजेट नछुट्याएको गुनासो गरे ।

विष्टले भने ‘तोरी छर्ने समय गैसकेपछि अनुदानको विउ किसानलाई छर्न गाउपालिकाले अनुरोध गरेको छ ।’ उनल भने ‘अनुदान आएको वास्तविक किसानलाई पतै हुदैन ।’ जिल्ला कृषि विकास कार्यलय बाँकेका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्ण बहादुर बस्नेतले कृषि विमालाई बढाउन धेरै प्रयास गरेको तर सोचे अनुरुप किसानले विमा नगरेको बताए । प्रमुख बस्नेतले कृषि विमालाई जिवन विमा जस्तो बनाइए किसानको आर्कषण बढ्न सक्ने बताए । बस्नेत भन्छन्, ‘किसान व्यवसायि बन्न सके भने कृषि विमा पनि बढ्दै जान्छ ।’

उनले स्थानिय स्तरमा निकायहरुले बजेट नछुट्याएको विषयमा थप प्रष्याउदै भने ‘स्थानिय तहले कृषिमा बजेट छुट्याउन नि सक्छ नछुट्याउन नि सक्छ त्यसमा हामिले दवाव दिन मिल्दैन । जिल्लामा ४१ जना कर्मचारी हुदाँ त कार्यक्रम सन्चालन गर्न मुस्किल पर्ने गर्थो हाल स्थानिय तहमा जम्मा १ जना मात्र कृषिको कर्मचारी छ उसले कसरी सबै काम गर्न सक्छ ? उनले प्रति प्रश्न गरे । यो समय भनेको सङक्रमणकालिन छ । विस्तारै सबै ठिक हुदै जान्छ चिन्ता लिन पर्ने कुरा छैन बस्नेतले किसानलाई आस्वासन दिदै भने । बाँकेमा गत वर्ष एक सय जना किसानहरुले कृषि विमा गरेको र यो वर्ष हाल सम्म ५० जना जति पुगेको जिल्ला कृषि विकास कार्यलय बाँकेका विमा कार्यक्रममा फोकल पर्सन तथा मस्य विकास अधिकृत बसिर अहमत खाँले बताए ।

तपाईको प्रतिक्रिया