काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेर विशेष अनुसन्धान र बयान लिएसँगै विभागका महानिर्देशक पाण्डेलाइ पनि पक्राउ गरेको हो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै १० लाख रुपेयाँ लिएको आरोपमा पाडेल र केसी पक्राउ परेको केही घण्टामा नै अख्तियारको विशेष टोलीले विभागका महानिर्देशक पाण्डेलाई पनि कठालोमा नै समातेको हो ।

तपाईको प्रतिक्रिया