एजेन्सी। घरकी जेठी छोरीले भागेर लुकीछिपी बिहे गरेको पिरमा एक परिवारका सबै सदस्यले आत्महत्या गरेका छन् । यो खबर हो भारतको । घरकी जेठी छोरी कोमलले तल्लो जातिका युवाकसँग बिहे गरेको भन्दै उनको परिवारका आफ्ना आमाबुवा, भाइ र बहिनी गरी परिवारका सबैले आत्महत्या गरकेो भारतयि मिडियाहरुले उल्लेख गरेका छन् ।

भागेर बिहे गरेको एक महिनासम्म सम्पर्क विहीन रहेपछि परिवारका सबै सदस्यलेअ ात्महत्या गरेको अनुसन्धानबाट खुलेको छ । कोमलको मन यतिसम्म कठोर रहेछकी उनी परिवारको अन्तिम संस्कारमा सहभागी हुन पनि घर आइनन् । हालै कोमल आफ्ना श्रीमान् पृथ्वीसँग प्रहरीमा पुगीन् । उनले प्रहरीमा आफूहरु दुवै बालिग भएको र इच्छाअनुसार बिहे गरेको बताएकी छिन् ।

प्रहरीका अनुसार दुवै बालिग भएको र आफू इच्छाअनुसार बिहे गरेको तथा सुसाइड नोटमा पनि उनीहरुविरुद्ध केही उल्लेख नभएकोले कुनै मुद्दा नचलाइने भएको भारतीय मनलाइन आजतकले लेखेको छ ।

तपाईको प्रतिक्रिया