एजेन्सी। २०१३ डिसेम्बर ४ का दिन श्रीमान अतुल बंसलसँग वैबाहिक बन्धनमा बाँधिएकी दिल्लीकी निधि बंसलले ४ वर्षपछि आफ्नो धैर्यता तोड्दै आत्महत्या गरेकी छिन् । विवाहको ४ वर्षसम्म आफ्ना श्रीमान्ले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी यि सुन्दरी महिलाले अन्तत आत्महत्याको बाटो रोजेको कुरा उनले लखेको सुसाइट नोटमा उल्लेख गरेको भन्दै भारतयि मििडयाहरुले उल्लेख गरेका छन् । त्यतिमात्रै होइन निधीले आत्महत्या गर्नु अघि लेखेको सुसाइड नोटमा श्रीमान्सहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । सुसाइट नोटमा बिहे गरे लगत्तै श्रीमान् अतुल कहिल्यै निधिसँग एउटै कोठामा सँगै नबसेको समेत सुसाइट नोटमा उल्लेख छ ।

आत्महत्या गर्नुभन्दा अघिल्लो दिन पनि निधी र उनका श्रीमान्बिच झगडा भएको र त्यसको भोली पल्ट नै निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलबाट बरामद गरेको निधिको सुसाइट नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् । उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान अगाडी बढाएको छ ।

तपाईको प्रतिक्रिया