काठमाण्डौं – आगामी मंसीरमा हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा काठमाण्डौं क्षेत्र नम्बर ८ को ख प्रदेशमा राप्रपाका उम्मेदवार प्रकाश रिमालको जित हुने सम्भावना बढेको छ । कांग्रेस र एमालेले प्रदेश भन्दा बाहिरको उम्मेदवार उठाएपछि रुष्ट बनेका स्थानीय बासीन्दाहरु राप्रपाको रिमाललाई नै जिताउनुपर्ने बताउदछन् । उक्त प्रदेशमा नेपाली कांग्रेसले देवरत्न डंगोल र एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवारहरु काठमाण्डौं क्षेत्र नं. ९ को भएको हुँदा असन्तुष्ट स्थानीय बासिन्दा राप्रपाका उम्मेदवारी प्रति अझ सकारात्मक बनेका हुन् । नेपाली कांग्रेसका देवरत्न डंगोल स्थानीय पनि नभएको तथा त्यस क्षेत्रका स्थानीयले समेत नचिनेका उम्मेदवार भएको हुँदा स्थानीयले उनलाई टुरिष्ट उम्मेदवार भनेका हुन् । त्यस्तै एमालेको तर्फबाट उम्मेदवार भएकी नेतृ अष्टलक्ष्मी शाक्य पनि त्यस प्रदेशको नभएको तथा आफू संसद हुँदा समेत त्यस क्षेत्रका बासीन्दा र त्यस क्षेत्रका लागि केही नगरेको हुँदा स्थानीयले त्यहिको स्थानीय उम्मेदवार राप्रपाका नेता प्रकाश रिमाललाई बढी समर्थन गरेको बुझिन्छ ।

स्थानीय स्तरमा क्रियाशील नेताहरुलाई समेत पाखा लगाएर केन्द्रले अष्टलक्ष्मी शाक्यलाई टिकट दिएको कारणले समेत नेता कार्यकर्ता उनी प्रति नकारात्मक देखिन्छन् । सक्ने बेलामा केही नगर्ने, संसदीय विकास कोषको पैसा आफ्नो क्षेत्रमा लगाउने अनि अहिले रिटायर अवस्थामा अर्को क्षेत्रमा भोट माग्दै आएकोमा रुष्ट एक स्थानीय बासीले आफ्नो भोट स्थानीय उम्मेदवार प्रकाश रिमाललाई दिने ताजा खबरलाई बताए ।

तपाईको प्रतिक्रिया