काठमाडौँ । मेसी नखेल्दा अर्जेन्टिना ठूलो सकसमा परेको छ । विश्वकप फुटबलको तयारी स्वरुप गएराती भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ । रुसमा भएको खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोको गोलबाट २–१ को अग्रता लिएको अर्जेन्टिना दोस्रो हाफमा गोल खाँदै पराजित भएको हो । नाइजेरियाका लागि पहिलो हाफमा केलिची इहिनाचोले गोल गरेका थिए । दोस्रो हाफमा नाइजेरियाका लागि एलेक्स इवोबीले दुई गोल गरे भने ब्रायन इडोउले गोल गरे ।अर्जेन्टिनाको टिममा मैदानमा मेसी नहुँदा टिम पराजित भएको हो ।

तपाईको प्रतिक्रिया