काठमाडौं । गायक कौशल राज खड्काको ‘काली खोला’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । कौशलको स्वर रहेको सार्वजनिक गीतमा चन्द्रलाल तामाङको शब्द सृजना रहेको छ भने मनोज चौलागाईंले संगीत भरेका छन् । सुदीप बरालको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा रचिता र कौशलको अभिनय रहेको छ । भिडियो सार्वजनिक भए लगत्तै भिडियोले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया