खजुरा । दंगा नियन्त्रण प्रहरी गण खजुरा बाँकेको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । खजुरागाउँपालिकामा रहेको उक्त भवनको एक समारोहकाबीच प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन रेका हुन । नेपाल प्रहरीको भौतिक पुर्वाधारहरुमा आत्मनिर्भर हुदै जाने क्रममा नेपाल सरकार बाट प्राप्त नियमित बजेट अन्तरगर्त दंगा नियन्त्रण प्रहरी गण खजुरामा पहिलो चरणमा व्यारेक भवन भान्साघर र दोस्रो चरणमा कार्यलय भवन, कार्यलय प्रमुख निवास निर्माण गरीएको हो । भवनको उद्घाटन प्रहरी महानिरीक्षक अर्यालले देशको नयाँ संरचना संगै शान्ति सुरक्षाकोलागि सबै गाउँपालिकामा दंगा नियन्त्रण प्रहरी गण बिस्तार गर्दै जाने बताए । उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका वेला हुन सक्ने अपाराधीक गतिविधिलाई पुर्ण नियन्त्रणमा ल्याइने बताए । निर्वाचन लाई असर गर्ने गतिविधि गर्ने जो कोहिलाई पनि कारबाहिको दाएरामा ल्याईने महानिरीक्षक प्रकाश अर्यालले बताए । ६ करोड ६० लाख ७१ हजार ५ सय ६७ को कुल लगानीमा दंगा नियन्त्रण प्रहरी गण निर्माण गरीएको हो । उक्त भवन राजेन्द्र÷रोयल कन्ट्रक्सन धनगढीले निर्माणको जिम्मा पाएको थियो ।

तपाईको प्रतिक्रिया