एजेन्सी । तपाई रक्सीको सौखनि हो र जिन्दगीभर रक्सी खान मन लागेको छ भने तपाईका लागी खुशीको खबर छ । चीनको एक कम्पनीले मदिरापानका शौखिनहरुका लागि त्यो अफर दिएको हो ।

जसका लागी तपाईले सुरुमा डेढ लाख रुपैयाँ बराबरको रकम चिनिया कम्पनीलाई बुझाउनुपर्नेछ । चीनको मदिरा उत्पादक कम्पनी जिआंगजिआओबाइले मदिरापान गर्ने एकल व्यक्तिका लागि यस्तो अफर ल्याएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन् । जुन अफर जम्मा ९९ जना भाग्यशाली ग्राहकलाई मात्र उपलब्ध गराउन लागीएको हो । पुरस्कार जित्ने ग्राहकलाई हरेक महिना एक कार्टुन रक्सी पठाइनेछ, जसमा रक्सीका १२ वटा बोतल हुने समेत कम्पनीले जनाएको छ । अफरमा कुनै गडबडी हुने आशंकाबाट बच्नका लागि कम्पनीले विजेता ग्राहकलाई एक प्रमाणपत्र दिनेछ ।

तपाईको प्रतिक्रिया