सप्तरी – सप्तरी क्षेत्र नं ३ बाट दुई दाजुभाइले उम्मेदवारी दर्ता गराएर अहिले चुनावी मैदानमा उत्रनुभएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातो घर भएका चन्द्रकान्त चौधरी र उहाँकै भाइ ताराकान्त चौधरी यस पटक संगसंगै निर्वाचन लडनुभएको हो । एमालेका सक्रिय कार्यकर्ता तथा वाम गठबन्धनका ताराकान्तले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो । उहाँलाई एमालेले यस पटक पनि पुनः प्रतिनिधिसभाको उम्मेदबार बनाएको र वाम गठबन्धनका उम्मेदबार उहाले पुनः निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै दाई चन्द्रकान्तले मधेशी गठबन्धनबाट उम्मेदबारी दिनुभएको छ । उहाँलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले टिकट दिएको हो । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बन्नुभएका चन्द्रकान्त भने काँग्रेस पृष्ठभूिमका व्यक्ति भएको स्थानीयवासीको भनाइ छ । चौधरी दाजुभाइ लडेको यो क्षेत्रमा काँग्रेसबाट काँग्रेसका जिल्ला सभापति दिनेश यादव यो क्षेत्रको प्रतिनिधिसभाका लागि उम्मेदबारी दिनुभएको छ । यो क्षेत्रमा चौधरी दाजुभाइसहित तीनजना प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया