काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सार्प सुटरसहित ५ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । गत असोज २३ गते गौचनको नयाँ वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या गरेको अभियोगमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङलाई प्रहरलिे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । जसमध्ये ३१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् भने ३५ वर्षीया सिर्जे महतोले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए । त्यस्तै विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए । असोज २३ गते दिउँसो आफ्नो घरबाट निस्किँदा साथ बिच सडकमा कुरेर बसेका हत्याराले काठमाडौंको शान्तिनगरमा दिन दहाडै गोली प्रहार गरेर फरार भएका थिए । गौचनलाई गोली लागे लगत्तै अस्पताल भर्ना गरिए पनि उनको ज्यान गइसकेको थियो ।

तपाईको प्रतिक्रिया