काठमाडौं । भारतलाई १९ रनले पराजित गरेको नेपालले मलेसियालाई पनि ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । मलेसिसयाद्धारा जम्मा ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा दुई विकेट जाँदा लक्ष्य पूरा गरेको हो ।

Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गरेको थियो । वर्षाले गर्दा ५ घण्टा ढिलो गरी सुरु भएको खेलमा नेपालका चतुर खेलाडीले मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए ।

यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट लिए । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् ।

तपाईको प्रतिक्रिया