काठमाडौं । एसीसी यू – १९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा नेपाली बलर मलेसियाबिरुद्ध हावी भएसँगै मलेसियालाई १५।३ ओभरमा ४५ रनमा अलआउट गर्न सफल भएको छ । जम्मा ४६ रनको विजयलक्ष्य पाएको नेपालका लागी सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २र२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

वर्षाका कारण ५ घण्टा ढिलो गरी सुरु भएको खेलमा सुरुवातदेखि नै आक्रामक बलिङ गरेको नेपालले मलेसियाका कुनै पनि ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन । ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् । नेपाली बलरहरु मलेसियाका ब्यट्यासम्यान बिरद्ध हावी भएपछि मलेसियाको खेल अहिले धरमराएको छ छैटौं ओभरको चौथो बलमा अनिल शाहले मलेसियाका ओपनर विरन्दिप सिंहलाई १० रनको स्कोरमा आउट गरे ।

लगत्तै सातौं ओभरमा कप्तान दिपेन्द्रले कुनै रन नदिइ साइद अजिज र सौनविन्दर सिंहलाई आउट गरे । सातौं ओभरमा सन्दिप लामिछानेले मुहम्मद हफिजलाई एलबिडब्लु आउट गरे । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ । यसअघि आइतबारको आफ्नो दोस्रो खेलमा नेपालले भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकाल्दै शानदार खेल खेलेको थियो । यसैबिच प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ । जुन केही सहज पनि देखिएको छ ।

तपाईको प्रतिक्रिया