भोजपुर : भोजपुर प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राई सामान्य घाइते भएका छन् । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् । प्रदेश नं। १ मा मुख्य मन्त्रीको दाबेदार रहेका राई गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोलामा आक्रमण भएको हो । पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । बम हमलापछि संचारकर्मीसँग कुराकानी गर्दै नेता राइले सिध्याउने हिसाबले बम प्रहार भएको बताए । आक्रमणबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक ९असई० डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया