भोजपुर स् ले नेता तथा पूर्व संचारमन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । भोजपुर क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार हुँदा नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल छन् ।

भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा मंगलबार बिहान राईको गाडीमाथि बम प्रहार भएको हो । गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन्। बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ ।

तपाईको प्रतिक्रिया