डडेल्धुरा – डडेल्धुरामा २६ वर्षदेखि निरन्तर प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी करण सिंह रावल (मम्याल) ले उनीविरूद्द यो पटक पनि स्वतन्त्र उम्मेद्वारी दिएका छन् । २०४८ देखि २०७० सम्म पाँच पटक देउवाविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका मम्यालले यस पटक पनि प्रतिनिधिसभाका लागि अाफ्नाे स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । यो उनको छैठाैं पटकको हो । आफ्नो चुनावी प्रचारप्रसारका लागि एक्लै हिडेका मम्यालले भने, ‘मेरो लडाई अरु कुनै दलसँग नभएर देउवाविरुद्ध हो । र, म देउवालाई डडेल्धुरा जिल्लाबाट निर्बिरोध हुन दिन्न ।

मेरो लक्ष्य देउवालाई पराजित गर्नु हो ।’ यो पटकको निर्वाचनमा डडेल्धुुराको इतिहास फेरिनेमा ढुक्क रहेको उनले बताए । पाँच पटकसम्म डडेल्धुराबाट निर्वाचित भएका देउवा एक पटक गृहमन्त्री र चार पटक प्रधानमन्त्री भई सक्दापनि डडेल्धुराका सर्वधारणको अवस्था जस्ताको तस्तै रहेकाले आफुले जिते डडेल्धुराको सम्पूर्ण विकासको एजेण्डासहित डडेल्धुराले विकासको फड्को मार्ने बताए । नयाँ पत्रिकाले छापेको छ ।

वाम गठबन्धन पनि २६ वर्षको लडाई पुरा हुनेमा ढुक्क

देउवाविरुद्ध ६ औँ पटक उम्मेद्वारी दिएका मम्याल मात्र होइन, वाम गठबन्धन पनि यो पटक डडेल्धुराको इतिहास तोडिनेमा ढुक्क छ । २०६४ बाटै अधुरो रहेको देउवा हराऊ अभियान अहिले पुरा हुनेमा वाम गठबन्धनका उम्मेद्वार खगराज भट्ट ढुक्क रहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया