काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्य ६१ औँ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । ६१ औँ वर्षको उमेरमा आजबाट प्रवेश गरेका हरिवशंले आफ्नो जन्मदिन छायांकनस्थलमा नै मनाए । चलचित्र ‘सत्रुगते’को छायांकनस्थल भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बरिष्ठ कलाकार आचार्यले चलचित्रकर्मी र पत्रकारहरुको माझमा मनाएका हुन् । हरिवंशको जन्मदिनको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, किरण केसी, बसुन्धुरा भुसाल, शिवहरि पौडेल, सीताराम कट्टेल धुर्मुसलगायतका कलाकारहरु सहभागी भएका थिए भने सिने क्षेत्रका चर्चित पत्रकारहरु पनि उपस्थित थिए ।

अभिनय , गायन, समाजसेवा, लगायतका विधामा निकै नै सिपालु आचार्य बहुआयामिक प्रतिभाका धनी हरिव.श बहुआयामिक प्रतिभाका धनी कलाकार मानिन्छन् । पिता होमञ्जय आचार्य र माता गणेशकुमारीबाट वि।सं। २०१४ कात्तिक २७ गते काठमाडौंमा जन्मिएका उनका एक श्रीमती रमिला र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया