एजेन्सी । शाहरुख खान र करण जोहरले निर्माण गरेको फिल्म इत्तेफाकका कारण तनावमा छन् । इत्तेफाक बक्स अफिसमा हिट भए पनि फिल्ममा सिगरेटलाई बढावा दिएको आरोप निर्मातालाई लागेसँगै अहिले देखाइएको दृश्यका कारण करण र शाहरुख कानुनी झन्जटमा फस्ने संकेत देखिएको छ । सिद्धार्थ मल्होत्रा, सोनाक्षी सिन्हा र अक्षय खन्ना अभिनित फिल्मको पोस्टरमै अक्षय खन्नालाई सिगरेट पिएको देखाइएको छ र कुनै वैधानिक चेतावनी दिइएको छैन । दिल्ली सरकारले पठायो नोटिस पठाएपछि अब निर्माण यूनिट कसरी अघि बढ्छ त्यो भने केही दिनमा नै थाहा लाग्ला ।

तपाईको प्रतिक्रिया