काठमाडौं । सुपरहिट फिल्म बाहुबलीकी नायिका अनुष्का शेट्टीको डिमाण्ड बाहुबली खेलेपपछि ह्वाततै बढेको छ । उनले पछिल्लो समय रोजेर मात्रै होयन नामी र चलेका निर्माता निदेृशकको पनि फिल्म अस्विकार गर्न थालेकी छिन् । यसैबिच अनुष्का शेट्टीले बलिउड निर्माता तथा निर्देशक करण जोहरको फिल्म खेल्न अस्विकार गरेकी छन् । केहीदिन अघि मात्रै ‘बाहुबली’ अर्थात प्रभासले पनि करणको फिल्म खेल्न अस्विकार गरे लगत्तै अनुष्का शेट्टीले पनि अस्विकार गरेको भारतयि मिडियाहरुले छापेका छन् । यससागै अनुष्कालाई आफ्नो फिल्मबाट बलिउडमा डेब्यू गराउन चाहेको करण सपना पनि तुहीएको छ । स्रोतका अनुसार करणको प्रस्ताव अनुष्काले ठाडै अस्विकार गरिदिएकी थिइन् ।

तपाईको प्रतिक्रिया