चितवन । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले ४० सिटसम्म जित्ने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग ६०र४० को भागबण्डा गरेको माओवादीले ६६ सिटमा उम्मेदवार बनाए पनि चितवनमा आज बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् । ‘शतप्रतिशत जित्ने प्रयास त हुन्छ नै,’ उनले भने, ‘तर ३० भन्दा माथि ४० सम्म जित्न सकिन्छ ।’ जिल्लागत रिपोर्ट लिने काम भइरहेकाले आन्तरिक प्रक्षेपण गर्न नसकिएको उनको भनाइ छ । चितवन– ३ मा प्रतिनिधिसभा उम्मेदवार दाहालले प्रतिस्पर्धी राप्रपा नेताको पृष्ठभूमि ठेकेदारको रहेकाले त्यही पेसामा रहन सुझाव दिए । पाण्डेसँग आफ्नो प्रतिस्पर्धा नहुने बताउँदै प्रचण्डले भने कांग्रेसले एकजना ठेकेदारलाई समर्थन गरेपछि प्रतिद्वन्द्वीताको अवस्था छैन ।

तपाईको प्रतिक्रिया