काठमाडौं । इराक र इरानको सीमावर्ती क्षेत्रमा ७.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तिमा १३५ जनाको मृत्यु भएको छ । बिबिसीका अनुसार स्थानीय समयअनुसार राति सवा ९ बजे भूकम्प गएको हो। त्यस्तै इराकमा ४ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ। बिबिसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्प गएपछि कैंयौ शहरमा बिजुली काटिएको छ। बारम्बार आइरहेका परकम्प र रातको समय भएकाले उद्दारमा कठिनाइ भएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया