बागलुङ । निवर्तमान सभामुख ओनसारी घर्तीले एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता नहुने बताएकी छन्। घर्तीले एकता निर्वाचनअघि नै हुने चर्चा चलिरहे पनि थुप्रै विषयमा छलफल र बहस बाँकी रहेको खुलाइन्।

उनले भनिन्, ‘म पनि कामना गर्छु कि सकेसम्म चाडै पार्टी एकता होस्। यो अहिलेको आवश्यकता हो। तर अझै यथेष्ठ छलफल, बहस हुन आवश्यक छ।’

उनले विगतमा धेरै पार्टी हतारमा एकतामा जाँदा केही समयमै फुट्ने गरेको तथ्यबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै धैर्य राखेर एकता गर्दा दुरदृष्टि हुने बताइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया