ताजा खबर:- मम्फलीलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रीएन्ट्स शरीरमा पूर्ण रूपमा प्राप्त हुन्छ ।  चिकित्सकका अनुसार, भिजाएको मम्फलीको साथमा स्प्राउटेड चना र मास खाँदा पनि थुप्रै फाइदा प्राप्त हुन्छ । यसलाई इच्छानुसार सलादमा मिलाएर पनि खान सकिन्छ । यसैगरी मम्फली र गुड दुवैमा भरिपूर्ण आयरन हुन्छ । यसबाट रक्तसंचार सन्तुलित रूपमा हुन्छ । यसले मुटु रोगबाट पनि बचाउँछ । जो मानिसलाई रगतको कमी हुन्छ, उनीहरूले मम्फलीको साथमा गुड खाँदा स्वास्थ्य लाभ अझ बढ्छ ।  यसकारण आज हामी चर्चा गर्दैछौँ, भिजाएको मम्फली खानुको यस्ता ७ फाइदा, जुन यसप्रकार छ ।

१-यसबाट कोलेस्ट्रोल स्तर कम हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

२-यसमा क्याल्शियम, प्रोटीन हुन्छ । यसबाट मसल्स टोन्ड हुन्छ ।

३-यसलाई खाँदा ब्लड शुगर लेभल नियन्त्रण रहन्छ । यसले डायबिटीजबाट बचाउँछ ।

४-यसमा फाइबर्स हुन्छ । यसबाट पाचन प्रक्रिया सन्तुलित रहन्छ ।

५-यसमा ओमेगा ६ फ्याटी एसिड्स हुन्छ । यसबाट रंग गोरो हुन्छ । छालाको चमक बढ्छ ।

६-यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुखाईमा आराम पुर्याउँछ ।

७-यसमा भिटामिन B6 हुन्छ । यसले दिमागको शक्ति बढाउँछ ।

तपाईको प्रतिक्रिया