ताजा खबर:- ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनको अनुसार, बढी चिया पिउँदा क्यान्सर जस्ता गम्भीर रोगहरूको खतरा बढ्छ । यसको साथै बढी चिया पिउँदा स्वास्थ्यमा थुप्रै नकारात्मक असर पर्न सक्छ । यसकारण चिकित्सकका सल्लाह अनुसार, एक दिनमा तीन कप चिया भन्दा बढी सेवन गर्न हुँदैन । आज हामी चर्चा गर्दैछौँ कि चिया पिउँदा हुनसक्ने ५ नोक्सानको बारेमा जुन यसप्रकार छ ।

चिया पिउनु अघि अवश्य जान्नुहोस् यी ५ नोक्सान

१-बढी तातो चिया पिउँदा मुख देखि पेटलाई जोड्ने नलीमा नोक्सान पुग्न सक्छ । जसको कारण  क्यान्सर जस्तो घातक समस्या उत्पन्न हुनसक्छ ।

२-चियामा फ्लोराइड हुन्छ । बढी चिया पिउँदा हड्डी कमजोर हुन्छ ।

३-बढी चिया पिउँदा पटक-पटक यूरिन आउँछ । यसबाट सोडियम, पोटाशियम जस्ता मिनरल्स पनि शरीर देखि बाहिर निस्किन्छ । जसको कारण कमजोरी बढ्छ ।

४-चियामा टैनिन, टायलिन हुन्छ । यसबाट अपच हुनसक्छ । पेटको समस्या बढ्छ ।

५-चियामा कैफिन हुन्छ । पटक-पटक चिया पिउँदा टाउको दुख्ने र थकान महसूस हुन्छ ।

चिया बनाउने क्रममा ध्यान राख्नुपर्ने कुरा:-

-चियापत्ती, दूध र चीनी एकैपटक उमाल्ने गल्ती गर्नुहुँदैन । पहिले पानी उमाल्नुहोस् र चियापत्ती हाल्नुहोस् । अन्त्यमा दूध मिलाउनुहोस् ।

-चियाको पानीलाई एक पटक मात्र उमाल्नुहोस् । तीन मिनेट भन्दा बढी चिया उमाल्दा पानीमा अक्सीजनको कमी हुन्छ, जसको कारण चियाको स्वाद खराब हुनसक्छ ।

-चियापत्तीलाई सधैँ पानीमा हाल्नुहोस् । यसले चियाको रंग र स्वाद दुवै राम्रो आउँछ ।

-आधा घण्टा भन्दा बढी राखिएको चिया पिउनु हुँदैन । यसले अपच हुनसक्छ ।

चिया पिउँदा बच्चाको शरीरमा के असर पर्छ?

अमेरिकन एकेडमी अफ पेडियेट्रीक्स को रिसर्चको अनुसार, चिया पिउँदा बच्चाको शरीरमा नकारात्मक असर पर्न सक्छ ।

-यसमा चीनी हुन्छ । बढी चिया पिउँदा बच्चाको दाँत खराब हुन्छ ।

-यसबाट शरीरमा क्याल्शियमको अवशोषण पूर्ण रूपमा हुन सक्दैन । हड्डी कमजोर हुन्छ ।

-यसमा पाईने कैफिनले बच्चालाई अपच हुनसक्छ । पेटको समस्या बढ्छ ।

तपाईको प्रतिक्रिया