ताजा खबर:- अधिकांश मानिस मोबाइल प्रयोग गर्छन् । तर यी मध्य केही यस्ता मानिस छन्, जसले राती सुत्नुअघि या अँध्यारोमा निकै लामो समय सम्म मोबाइल प्रयोग गर्छन् । यसले आँखा र मस्तिष्कमा निकै नकारात्मक असर पार्छ । यस सम्बन्धि कयौँ रिसर्च र अध्ययन पनि भैसकेको छ, जसमा यो सावित भएको छ कि अँध्यारोमा मोबाइलको स्क्रिनमा काम गर्दा कति खतरनाक छ ।रिसर्च र अध्ययनको आधारमा आज हामी चर्चा गर्दैछौँ कि अँध्यारोमा मोबाइल प्रयोग गर्नुको ९ नकारात्मक असरको बारेमा जुन यस्ता छन् ।

१-आँखाको रोशनी कमजोर हुनु

राती सुत्नुअघि मोबाइलको प्रयोग गर्दा आँखाको रेटिनामा खराब असर पर्न सक्छ । यसबाट आँखाको रोशनी कमजोर हुनसक्छ ।

२-निन्द्राको कमी

राती सुत्नुअघि मोबाइल प्रयोग गर्दा शरीरमा मेलाटोनिन हार्मोनको स्तर कम हुनथाल्छ । यसको कारण निन्द्रा ढिलो लाग्ने समस्या हुनसक्छ ।

३-तनाव बढ्नु

अबेर रातीसम्म मोबाइल प्रयोग गर्नाले मेलाटोनिन हार्मोनको स्तर कम हुन्छ । यसबाट तनाव बढ्न सक्छ ।

४-मस्तिष्कमा असर

अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा ब्रेन ट्यूमरको खतरा बढ्न सक्छ । यसबाट स्मरण शक्ति कमजोर हुनसक्छ ।

५-थकान

राती बढी समय सम्म मोबाइल प्रयोग गर्दा निन्द्रा पुरा हुँदैन, जसको कारण दिनभरि थकान महसूस हुन्छ ।

६-ग्लूकोमा

अबेर रातीसम्म मोबाइल प्रयोग गर्नाले मस्तिष्क सम्म सिग्नल जाने ओप्टिक तन्त्रिकामा नकारात्मक असर पर्छ । यसबाट ग्लूकोमा को समस्या हुनसक्छ ।

७-फोकसिंग मसल्समा असर

राती लामो समय सम्म मोबाइलको प्रयोग गर्दा आँखाको फोकसिंग मसल्समा नकारात्मक असर पर्न सक्छ । यसबाट कुनै पनि चिजमा फोकस गर्न निकै कठिन हुन्छ ।

८-आँखा रातो हुनु

राती बढी समय सम्म मोबाइल या ट्याबलेट प्रयोग गर्दा यसको प्रकाशले आँखा रातो हुने समस्या उत्पन्न गर्न सक्छ ।

९-डार्क सर्कल्स

राती अबेर सम्म मोबाइल प्रयोग गर्नाले आँखामा तनाव रहन्छ, जसको कारण डार्क सर्कल्सको समस्या उत्पन्न हुनसक्छ।

तपाईको प्रतिक्रिया