ताजा खबर:- सामान्यतय मानिसको धारणा छ कि सुन्तलामा सबैभन्दा बढी भिटामिन C हुन्छ । १०० ग्राम सुन्तलामा ५३ मिग्रा भिटामिन C हुन्छ । तर केही सब्जीहरू यस्ता छन्, जसमा सुन्तलामा भन्दा पनि बढी भिटामिन C हुन्छ । चिकित्सकका अनुसार, आज हामी यस्ता ४ सब्जीहरूको बारेमा चर्चा गर्दैछौँ, जसमा भिटामिन C को मात्रा सुन्तला भन्दा बढी हुन्छ । यिनलाई आफ्नो आहारमा समावेश गरी स्वास्थ्य सम्बन्धि थुप्रै फाइदा प्राप्त हुन्छ ।

भिटामिन C ले स्वास्थ्यमा के फाइदा पुर्याउँछ?

-यसबाट आयरनको अवशोषण पूर्ण रूपमा हुन्छ । रक्तसंचारमा सुधार आउँछ ।

-यसबाट शरीरलाई एनर्जी प्राप्त हुन्छ र कमजोरी हट्छ ।

-यसले दाँत र हड्डीलाई बलियो बनाउँछ ।

१-हरियो खुर्सानी

१०० ग्राम हरियो खुर्सानीमा २४२ मिग्रा भिटामिन C हुन्छ । यसलाई सब्जीमा हालेर खानुहोस् ।

२-ब्रोकली

१०० ग्राम ब्रोकलीमा ८९.२ मिग्रा भिटामिन C  हुन्छ । यसलाई सलादमा मिक्स गरेर या सब्जी बनाएर खानुहोस् ।

३-भेडे खुर्सानी

१०० ग्राम भेडे खुर्सानीमा ८०.४ मिग्रा भिटामिन C हुन्छ । यसलाई सलाद र विभिन्न परिकारमा समावेश गरी खान सकिन्छ ।

४-तोरीको साग

१०० ग्राम तोरीको सागमा ७० मिग्रा भिटामिन C हुन्छ । यसको साग बनाएर खान सकिन्छ ।

तपाईको प्रतिक्रिया