ताजा खबर:- अनियमित जीवनशैली र तनावमा रहँदा कपाल पातलो हुनथाल्छ । यदि समयमै यस समस्यामा ध्यान नदिएमा पुरुषमा कपाल झर्ने समस्या बढ्न थाल्छ । यसकारण आज हामी चर्चा गर्दैछौँ, कापल पातलो हुने मुख्य ३ कारण र कपाल झर्ने समस्यालाई रोक्ने ७ उपाय जसको उल्लेख यसप्रकार गरिएको छ ।

कपालमा के लगाउँदा कपाल लामो र बाक्लो हुन्छ?

-कपालमा अण्डा लगाउनुहोस् । यसबाट कपाल बाक्लो हुन्छ ।

-मेहेन्दीमा रिठा, शिकाकाई र त्रिफला मिलाएर लगाउनुहोस् । यसबाट कपाल झर्ने समस्या रोकिन्छ ।

– मेथीदानामा दही मिलाएर लगाउँदा कपाल कालो र बाक्लो हुन्छ ।

-दहीमा कागतीको रस मिलाएर लगाउँदा चाया हट्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ ।

 कपाल पातलो हुने मुख्य ३ कारण

१- कलर गर्नाले

कपालमा पटक-पटक कलरिंग या स्ट्रेटनिंगको क्रममा प्रयोग हुने केमिकलले कपाल पातलो हुन्छ ।

२-तातो पानीले कपाल धुँदा

कपाललाई तातो पानीले धुँदा कपालको नरमपन नष्ट हुन्छ । यसबाट कपाल बढी झर्छ ।

३-चाया हुनु

कपालमा फोहोर हुँदा चाया पर्न थाल्छ । यसकारणले पनि कपाल पातलो हुन्छ ।

 

यी ७ चीजले कपाल बाक्लो हुन्छ,

१-अमला

यसमा एन्टीअक्सीडेन्टस हुन्छ । दिनहुँ एक अमला खाँदा कपाल बाक्लो हुन्छ ।

२-पालक

यसमा भिटामिन D, क्याल्शियम र आयरन हुन्छ । यसबाट कपाल झर्ने समस्या रोकिन्छ ।

३-अम्बा

यसमा भिटामिन C हुन्छ । यसबाट कपाल कालो र बाक्लो हुन्छ ।

४-दालचीनी

यसमा पाईने सिलेमेल्डिहाइटले रक्तसंचारमा सुधार ल्याउँछ । यसबाट कपाल बढ्ने प्रक्रियामा सुधार हुन्छ ।

५-दही

यसमा प्रोटीन, गुड ब्याक्टेरिया हुन्छ । यसबाट कपाल कालो र बाक्लो हुन्छ ।

६-ओट्स

यसमा फाइबर्स, कपर  र जिंक हुन्छ । यसको सेवनले कपाल लामो हुन्छ ।

७-माछा

यसमा ओमेगा ३ फ्याटी एसिड्स हुन्छ । यसबाट कपाल कालो र बाक्लो हुन्छ ।

तपाईको प्रतिक्रिया