काठमाडौँ, – लेजर पद्धतिबाट शरीरका अनावश्यक रौँ हटाउने चलन अहिले व्यापक छ । तर, हरेक काम गर्नुभन्दा अगाडि त्यसबारे राम्रोसँग बुझ्नुहोस् । तपाईं पनि लेजरबाट रौँ हटाउने सोचमा हुनुहुन्छ भने यो परिस्थितिमा असम्भव हुने बताउँछन् डा. राजन ताझियाः डा. राजन ताझिया छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. राजन ताझिया छालारोग तथा सौन्दर्य विशेषज्ञ शरीरमा छालाको कुनै समस्या छ भने तथा औषधि सेवन गरिरहेको छ भने लेजर गरेर रौँ हटाउन मिल्दैन । यो अवस्थामा सचेत हुनैपर्छ । आफ्नो समस्याबारे छालारोग विशेषज्ञलाई बताउनैपर्छ । त्यसैले लेजर थेरापी गर्ने व्यक्तिले छालारोग विशेषज्ञको उपस्थितिमा मात्रै प्रक्रिया सुरु गर्नुपर्छ । यो उपचारमा आइपिएल, लाइट, एसएचआर, डिओडी लेजर टोक्नोलोजीको प्रयोग हुन्छ । लेजरबाट छालामा इन ग्रो हेयर र केराटोसिस प्लिरस समस्या सधैँका लागि निवारण हुन्छ । यो प्रविधिले लेजर गर्दा यसको लाइटले कपालको रङमा मात्रै प्रभाव पर्ने हुँदा छालाको रङमा वा सेलमा असर गर्दैन । तर, छालामा पहिल्यै समस्या छ या औषधिको प्रयोग भइरहेको छ भने असर गर्न सक्छ । लेजरबाट रौँ हटाउन शरीरको भागअनुसार १० मिनेटदेखि एक घन्टासम्म लाग्छ र कम्तीमा पनि ६–७ पटक गर्नुपर्छ । पूर्ण रूपमा हटिसकेपछि पनि एक–दुई वर्षपछि हर्मोनका कारणले मसिना रौँ आउन सक्छन् । यस्तो अवस्थामा वर्षमा एक–दुईपटक पुनः लेजर दोहो¥याउनुपर्छ ।नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया