ताजा खबर:- जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्छ । यसको नकारात्मक असर अनुहारमा पनि पर्छ र कालोपन बढ्छ । यसकारण ब्यूटी एक्सपर्टका अनुसार, केही यस्ता ६ चीजहरू छालामा लगाउन बन्देज गरिएको छ, जसले छालामा नकारात्मक असर पार्छ । चिसोमा पटक-पटक यी चीजलाई छालामा लगाउँदा छालाको रंग कालो हुन्छ ।

 कुन चीजहरू खाँदा बढ्छ, कालोपन?

-फ्राइड फूड कम खानुहोस् । यसमा पाईने ट्रान्स फैट्सको अधिक मात्राले छालामा कालोपन बढ्छ ।

-चिया या कफीको सेवनलाई त्याग्नुहोस् । यसमा कैफिनको मात्रा अधिक हुन्छ । यसबाट छालाको रंग कालो हुन्छ ।

-आफ्नो आहारमा नून कम सेवन गर्नुहोस् । यसको सेवनले छालाको सेल्स खुम्चिन थाल्छ र रंग कालो हुन्छ ।

-गुलियो चीज कम खानुहोस् । बढी चीनी खाँदा छालाको चमक कम हुन्छ र रंग कालो हुन्छ ।

जाडो मौसममा यी ६ चीज अनुहारमा लगाउनु हुँदैन,

१-कागती

यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ र कालोपन बढ्छ ।

२-सिरका

भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर सिधा अनुहारमा लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

३-बियर

बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ सेवन गर्दा छालाको चम्किलोपन कम हुनथाल्छ ।

४-बेकिंग सोडा

यसमा पाईने अल्केलाइड्सले छालाको PH स्तर सन्तुलित रहँदैन । यसबाट छालामा कालो दाग बन्छ र चमक कम हुन्छ ।

५-पुदिना

यसमा मेन्थोल हुन्छ । यसबाट अनुहारको नरमपन कम हुन्छ र कालोपन बढ्छ ।

६-सुन्तला

सुन्तला वा यसको छिल्कामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

जान्नुहोस्यस मौसममा अनुहारमा के लगाउँदा रंग गोरो हुन्छ,

१-काँचो दूध लगाउनुहोस् । यसबाट छालाको सुख्खापन कम हुन्छ र चमक बढ्छ ।

२-ओलिभ ओयल लगाउनुहोस् । यसबाट छालामा नरमपन बनिरहन्छ र रंग गोरो हुन्छ ।

३-एलोभेरा जेल लगाउनुहोस् । यसबाट अनुहारको चमक बढ्छ र छालाको रंगमा निखार आउँछ ।

तपाईको प्रतिक्रिया