रोल्पा, कात्तिक २६ – माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ ।चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले उनी माथि गोली हानेको बताइएको छ ।

पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको थियो ।दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बाघमारातर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । ढुंगामुढापछि सुरक्षाकर्मीले १० राउण्ड फायरिङ गरेका थिए । न चढेको गाडीलाई लक्षित गरेर शनिबार पनि माडी गाउँपालिकामा एम्बुस अर्थात विद्युतीय धराप विष्फोट गराइएको थियो ।

तपाईको प्रतिक्रिया