नेपालगन्ज २६ कार्तिक ।नेकपा माओवादी केन्द्र बाँकेले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको बिरोधमा बागी उम्मेदवारी दिएका र उनीहरुको प्रचारप्रसारमा खटिएका ८ जना नेतालाई कारवाहीको सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र बाँकेका सहइन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य प्रकाश सुवेदीका अनुसार पोलिटब्युरो सदस्य दुर्गा बहादुर थारु (सन्तोष) र पुर्ब सांसद तथा केन्द्रीय सदस्य परमानन्द बर्मासहितका नेताहरुलाई कारवाहीका लागि आइतबार केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।

कारवाही गरिएका थारु क्षेत्र नम्बर १ मा वाम गठबन्धनका आधिकारिक उम्मेद्वार माओवादी नेता महेश्वर गहतराजको बिरोधमा बागी उम्मेदवारी दिनुभएको छ । यसैगरी बर्मा स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा खटिएको पाइएको माओवादीले जनाएको छ । यसैगरी क्षेत्र नम्बर ३(२) का स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य विजय पाठकलाई पनि कारवाही गरिएको छ ।

अन्य नेताहरुमा केन्द्रीय सदस्य सुमन आचार्य, अर्जुन चौधरी,जिल्ला सदस्य बाबुराम थारु, हरिचन थारु र नुरद्धिन खाँलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीको सिफारिस गरिएको छ । पार्टीका आधिकारी उम्मेदवारको बिरोधमा बागी उम्मेदवारी दिएका, प्रचारप्रसारमा खरौढंगले बैचारिक स्तर नै गुमाउन पुगेका ब्यक्तिलाई कारवाही गर्न माओवादी केन्द्र बाँकेले केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया