काठमाडौं, कात्तिक २६। १९ एसिया कप क्रिकेट अन्र्तगतको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले हराएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालको निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन पछ्याएको भारतले ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भपछि नेपाल इतिहाँस रच्न सफल भएको हो । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए । भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए ।

भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए । त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाएसँगै नेपाललाई जितका लागी सहज भएको हो । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो । नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया