महेन्द्रनगर : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताउनुभएको छ । जनकपुरमा कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भन्नुभयो, “ खोक्रो राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।” उहाँले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो ।” नेता निधिले एक प्रसङ्गमा भन्नुभयो, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।”

तपाईको प्रतिक्रिया