काठमाडौं – नायक रमेश उप्रेतीले निर्माण र मूख्य भूमिकामा अभिनय गरेको फिल्म ऐश्वर्य यतिबेला चलचित्र नगरीमा ब्यापक चर्चा छ । चलचित्रले चर्चा कमाइरहेका बेला नायक उप्रेतीले आफ्ना केही भित्री कुरा यसरी खोलेका छन् ।

दैनिक व्यायाम गर्छु । घरमा एक घन्टा प्राणायाम गर्छु । त्यसपछि क्लब जान्छु । त्यहाँ गएर कहिले जुम्बा गर्छु, कहिले वेट लिफ्टिङ गर्छु । मलाई क्लबमा गएपछि के गर्न मन लाग्छ त्यही गर्छु । तर, तीन घन्टा पसिना निकाल्ने गरी व्यायाम गर्छु । स्वस्थ रहन दैनिक व्यायाम गर्न जरुरी छ ।

ब्यालेन्स डाइट गर्छु ब्यालेन्स डाइट गर्छु । गर्नु पनि पर्छ । सबैभन्दा मुख्य कुरा नै ब्यालेन्स डाइट हो । डाइट ब्यालेन्स गरेन भने जतिसुकै एक्सरसाइज गरे पनि अर्थ हुँदैन । त्यसले झन् नकारात्मक असर पर्न सक्छ । शरीरलाई आवश्यक पर्ने भिटामिन, प्रोटिन मिलाएर खान जरुरी छ ।

मेरो खाना खाने शैली फरक छ । थोरैथोरै छिटोछिटो खाने गर्छु । एकएक घन्टामा खान्छु । तर एकदम थोरैथोरै । म एक दिनमा ६ पटकसम्म खाना खान्छु । म जस्तो मिल्छ त्यस्तै खान्छु । खाना नै भए पनि हुन्छ रोटी नै भए पनि ।

खाने तरिका फरक मेरो खाना खाने शैली फरक छ । थोरैथोरै छिटोछिटो खाने गर्छु । एकएक घन्टामा खान्छु । तर, एकदम थोरैथोरै । म एक दिनमा ६ पटकसम्म खाना खान्छु । म जस्तो मिल्छ त्यस्तै खान्छु । खाना नै भए पनि हुन्छ रोटी नै भए पनि । चामल र रोटीले खास फरक पार्दैन । जे खानुस्, कम खानुस् भन्न चाहन्छु । रोटी नै पनि धेरै खायो भने त आखिर उस्तै हो । खानेकुरा स्वस्थ र ताजा हुनुपर्छ । मलाई धेरै पनि चाहिँदैन । थोरै भए पुग्छ ।

सिजनेबल फ्रुट दैनिक खान्छु म दैनिक मौसमअनुसारका फलफूल खान्छु । फ्रेस फलफूल खान एकदम रुचाउँछु । स्याउ, केरा दैनिक खान रुचाउँछु । अन्य फलफूल मौसमअनुसार के उपलब्ध हुन्छ, त्यो खाइरहेको हुन्छु । सबै फलफूल मलाई उत्तिकै मनपर्छ । फलफूलको फ्रेस जुस पनि मन पर्छ । सम्भव भएसम्म दिनहुँ सेवन गरिन्छ । फलफूलले फिट राख्न सहयोग गर्छ ।

चिकेन, माछा खान्छु म माछामासु पनि खान्छु । तर, दैनिक धेरै खानेभन्दा पनि कहिलेकाहीँ खान्छु । मलाई चिकेन र माछा धेरै मनपर्छ । रेडमिट खाँदिनँ । यो स्वास्थ्यका लागि राम्रो मानिँदैन । दूध खाँदिनँ । मन पर्दैन । दहीचाहिँ खान्छु । यो मन पनि पर्छ । यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । शरीरलाई शीतल पनि राख्छ । नयाँ पत्रिकाले छापेको छ ।

पानी कम पिउँछु स्वस्थ रहनका लागि पिउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले नपिउने भनेको पानी हो । पिउनुपर्छ भन्ने थाहा छ । तर, पिउन बिर्सन्छु । दैनिक पाँच लिटर पिउनुपर्छ भन्ने भनाइ छ । तर, म दैनिक दुई लिटरजति मात्रै पिउँछु । अन्य खानेकुरा खाँदा स्वास्थ्य ख्याल गरेर नै खान्छु । तर, पानी पिउने वेलाचाहिँ ख्याल गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया