लक्ष्मण रसाइली / जाजरकोट। जाजरकोटको भेरी नगरपालिका -१, रिम्नामा बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्ना की २७ वर्षीया भवानी रानाले ४५ वर्षीया सासूलाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् । घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारी बीच विवाद भएको थियो । सोहि विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताएका छन ।

हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दूधबहादुर राणालाई नियन्त्रणमा लिएको उनले अवस्थिले बताएका छन।

तपाईको प्रतिक्रिया