प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने बताएका छन् । पाँचथरको फिदिम स्थित लब्रेकुटीमा आयोजित १६ औँ राष्ट्रिय विभुति तथा किराँत धर्मका महागुरु फाल्गुन्द लिङदेनको १ सय ३३औँ जन्म जयन्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।

दिवसको अवसरमा लब्रेकुटी परिषरमा आयोजित कार्यक्रममा देउवाले विश्वमा कम्युनिस्टको कुनै धर्म नहुने भएकाले धर्म बचाउनकै लागि भए पनि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

किराँत धर्मको धार्मिक आस्थाको केन्द्र मानिएको महागुरुको तपोभुमिमा पुगेर देउवाले लब्रेकुटीको विकासका लागि पहल गर्ने बताए । लब्रेकुटी मन्दिर परिषरको जग्गा सरकारीकरण भएको प्रति स्थनीयले मन्दिरको नाममा जग्गा हस्तान्तरणको पहल गरिदिन माग गरेपछि प्रधानमन्त्रिको त्यस्तो भनाई आएको हो ।

मन्दिरको नाममा रहेको ३ सय ४० रोपनी जग्गा अहिले सरकारको नाममा पुगेको किराँत धर्म तथा साहित्य उत्थान संघले जनाएको छ । १९८३ मा स्थानीले लब्रेकुटीमा देवालय निर्माण गरी सोही देवालयका नाममा दिएको जग्गा पछि सरकारीकरण गरिएको स्थानीयको दाबी छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया